तुलसिपुरमा एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सांसदसहित १० जना घाइते
सल्यान,२९ वैशाख । राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका संघीय सांसद टेकबहादुर बस्नेत सहित १० जना घाइने भएका छन् ।
सल्यानबाट दाङतर्फ जाँदै गरेको संघीय सांसद टेकबहादुर बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको गाडी दाङबाट सल्यान आउँदै गरेको ना. अ. क. था. ९४१ नम्बरको एम्बुलेन्ससँग शुक्रबार दिउँसो ठोक्किएको हो ।<...