वैशाख २८ देखि तीन दिन विद्यालय बन्द गर्न सरकारलाई अनुरोध

Desk
  |   
प्रकाशित मिति: बैशाख १५, २०७९
153 Shares

काठमाडौं ,१५ वैशाख। निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि मतदानस्थल तथा केन्द्र तोकिएका सार्वजनिक विद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी तथा अन्य भवन एवं भौतिक संरचना मतदान प्रयोजनका लागि उपयोग गर्न त्यस्ता भवन र भवन परिसर यही वैशाख २८ गतेदेखि वैशाख ३० सम्म उपलब्ध गराउन नेपाल सरकारमार्फत सबै स्थानीय तहलाई लेखी पठाउने भएको छ ।

यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले वैशाख १२ गते सोमबारपछि गरेका मुख्य गतिविधि निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममाा नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य मन्त्रालयमार्फत सबै स्थानीय तहमा लेखी पठाउने निर्णय भएको अवगत गराइयो ।

तीन दिन विद्यालय बन्द रहने
आयोगले मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख २८ गतेदेखि मिति २०७९ वैशाख ३० गतेसम्म ३ दिनका लागि मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयको उपयोग गर्नुपर्ने भएकाले उक्त मतदान केन्द्र तोकिएका विद्यालयका विद्यार्थीहरूको भौतिक उपस्थिति नगराउन र सो अवधिमा विद्यार्थीहरूलाई वैकल्पिक पद्धतिबाट पठनपाठनको व्यवस्था मिलाउन नेपाल सरकारका मुख्यसचिव मार्फत नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

Desk
प्रकाशित मिति: बैशाख १५, २०७९
153 Shares
Footer ads