काठमाडौं,१५ वैशाख । भारतमा एकै दिन तीन हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। भारतीय स्वास्थ्य मन्त्रालयको पछिल्लो २४ घण्टाको तथ्यांक अनुसार ३ हजार ३ सय ३ नयाँ संक्रमित भेटिएका हुन्।
यतिबेला कोरोनाका २ हजार ५ सय ६३ बिरामी निको पनि भएका छन्। सोही समयमा ३९ जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म कोरोनाका कारण हुने मृत्युको आँकडा ५ लाख २३ हजार ६९३ पुगेको छ। सक्रिय संक्रमितको संख्या बढेर १६,९८० पुगेको छ।