१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ

Desk
  |   
प्रकाशित मिति: बैशाख १५, २०७९
67 Shares

रूकुम पूर्व,१५ वैशाख । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पुथाउत्तरगंगा गाउँपालिका(१ मैकोट वस्ने २९ वर्षीय तीर्थफल परियार र सोही ठाउँ वस्ने ३० वर्षीय हिन्दुल परियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

उनीहरूले ती किशोरीलाई सोही गाउँपालिकास्थित स्याना पातल जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Desk
प्रकाशित मिति: बैशाख १५, २०७९
67 Shares
Footer ads