एन्फा गोरखाको अधिवेशन स्थगित

Desk
  |   
प्रकाशित मिति: बैशाख ११, २०७९
55 Shares

गोरखा, ११ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) गोरखाको साधारणसभा एवं अधिवेशन स्थगित भएको छ । एन्फा अध्यक्ष दीपेन्द्र श्रेष्ठले एकलौटीरुपमा अधिवेशन स्थगित गरेको बताइएको छ ।

अधिवेशन स्थगित गर्नुको कारण भने खुलेको छैन । तर अध्यक्ष श्रेष्ठले अधिवेशनको नतिजा आफ्नो पक्षमा नआउने देखिएपछि अधिवेशन स्थगित गरेको आरोप छ ।

अधिवेशन स्थगित भएपछि एन्फामा आवद्ध ११ मध्ये ६ वटा क्लवका प्रतिनिधिले अध्यक्ष श्रेष्ठको चर्को आलोचना गरेका छन् ।

Desk
प्रकाशित मिति: बैशाख ११, २०७९
55 Shares
Footer ads