२४ घण्टाभित्र कोरोनाका २,५९३ नयाँ संक्रमित भेटिए

Desk
  |   
प्रकाशित मिति: बैशाख ११, २०७९
96 Shares

एजेन्सी,११ वैशाख । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका २,५९३ नयाँ संक्रमित भेटिएका छन् जुन अघिल्लो दिनको तुलनामा थोरै मात्रै धेरै हो ।

शनिबार भारतमा कोरोनाका २,५२७ नयाँ संक्रमित भेटिएका थिए र ३३ जनाको मृत्यु भएको थियो जबकी आइतबार सार्वजनिक भएको आँकडामा पछिल्लो २४ घण्टामा ४४ जनाको मृत्यु भएको छ ।

भारतमा यतिबेला कोरोनाका कुल संक्रमितको संख्या ४.३० करोडभन्दा बढी पुगिसकेको छ जबकी कुल मृत्युको आँकडा ५.२२ लाख पार भइसकेको छ ।

यस्तै, दिल्लीमा शनिबार कोरोना संक्रमितका १,०४२ नयाँ संक्रमित भेटिएका थिए । दिल्लीमा पोजिटिभिटी दर ४.८२ प्रतिशत पुगेको छ ।

 

Desk
प्रकाशित मिति: बैशाख ११, २०७९
96 Shares
Footer ads