खैरहनीको आर्थिक सर्वेक्षण पुस्तक विमोचन

Desk
  |   
प्रकाशित मिति: असार ०९, २०७९
50 Shares

चितवन,९ असार  । खैरहनी नगरपालिकाले आर्थिक सर्वेक्षण पुस्तक तयार गरेको छ । जसको विहीवार विमोचन गरिएको छ । खैरहनी नगरपालिका प्रमुख शशिकुमार खनिया र उपप्रमुख कविता उप्रेतीले सयुक्त रुपमा सर्वेक्षण पुस्तक विमोचन गरेका हुन् । वितेका तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षमा विभिन्न शाखा र समिति मार्फत भएका प्रगति र आगामी योजनाहरु उक्त पुस्तकमा समावेश गरिएको छ । नगरपालिका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माका अनुसार उक्त पुस्तकमा कार्यकारी सारांश,आर्थिक स्थिती,स्थानीय वित्त,आर्थिक विकास,सामाजिक विकास,वातावरण तथा विपदव्यवस्थापन,सुशासन तथा सस्थागत विकास र अनुसुचीहरु समावेश छन् । उक्त पुस्तकमा नगरपालिका समृद्ध नगरका लागि चुनौतीहरु पनि समावेश गरिएको छ । 
संघीय सरकारले गरेको निर्देशन अनुसार यो वर्षदेखी स्थानीय तहले पनि आर्थिक सर्वेक्षण गर्नु पर्ने भएकाले सोही अनुसार पुस्तक प्रकासन गरिएको नगर शिक्षा अधिकारी राजु वानियाले बताए । कार्यक्रममा नगर प्रमुख शशिकुमार खनियाले आगामी योजना वनाउन आर्थिक सर्वेक्षण पुस्तिकाले मद्यत गर्ने विश्वास लिए । वर्षौदेखी वढाउन नसकेको एकिकृत सम्पती कर वढाउन सके र करको दायरामा नरहेकाहरुलाई दायरामा ल्याउन सके आन्तरीक आयमा नगर वलियो हुने प्रमुख खनियाले बताए ।

Desk
प्रकाशित मिति: असार ०९, २०७९
50 Shares
Footer ads