राष्ट्र बैंकले बढायो असर्फीको मूल्य

Desk
  |   
प्रकाशित मिति: असार ०९, २०७९
51 Shares

काठमाडौं,९ असार । नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । बिहीवार नेपाल राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो ।

बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरिद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो ।

संशोधन कार्यविधिअनुसार यसअघि प्रतिग्राम २०० रुपैयाँका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकोमा १०० रुपैयाँले बढाएर प्रतिग्राम असर्फीको मूल्य ३०० रुपैयाँ बनाइएको छ ।

Desk
प्रकाशित मिति: असार ०९, २०७९
51 Shares
Footer ads