सुनसरीमा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

Desk
  |   
प्रकाशित मिति: असार ०९, २०७९
46 Shares

काठमाडौं,९ असार । सुनसरीको दुहवी नगरपालिका–३ स्थित विद्युत् कार्यालयनजिक टिपरको ठक्करबाट साइकलयात्री महिलाको मृत्यु भएको छ । भारत घर भई दुहवी–२ मा बस्दै आएकी ४० वर्षीया चन्द्रकलादेवी विश्वकर्माको मृत्यु भएको हो ।

आज बिहान करिब ९ बजे प्रदेश नम्बर–२–०३–००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट विश्वकर्माको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।

उक्त टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Desk
प्रकाशित मिति: असार ०९, २०७९
46 Shares
Footer ads