भारतमा एकैदिन थपिए १२ हजार भन्दाबढी कोरोना संक्रमित

Desk
  |   
प्रकाशित मिति: असार ०९, २०७९
38 Shares

 
काठमाडौं,९ असार ।  भारतमा पछिल्लो चौबिस घण्टामा १३ हजार ३१३ जना कोरोना संक्रमण पुष्टी भएको छ। सोही अवधीमा १० हजार ९७२ जना संक्रमणमुक्त भएका छन्।

भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार थप ३८ जना संक्रमितको मृत्यु भएको छ।

भारतमा हाल सक्रिय संक्रमितको संख्या बढेर ८३ हजार ९९० पुगेको छ। हिजो बुधाबार १२ हजार २४९ कोरोना संक्रमित थपिएका थिए भने १३ जनाको मृत्यु भएको थियो।

पछिल्लो केही दिनयता भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भारतको केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जनाएको छ।

Desk
प्रकाशित मिति: असार ०९, २०७९
38 Shares
Footer ads