पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना पुष्टि ,४ जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: माघ ०९, २०७८
134 Shares

काठमाडौं,९ माघ । नेपालमा पछिल्लो २४ घण्टामा ६  हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि  भएको  छ ।

१७ हजार ४९७ नमुना स्वाबको परीक्षण गर्दा ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ७७ हजार ४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९० प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी देशमा हालसम्म ७७ हजार ४० जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ४९ हजार ४७३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Desk
प्रकाशित मिति: माघ ०९, २०७८
134 Shares
Footer ads