टेकु अस्पतालका ५० स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

Desk
  |   
प्रकाशित मिति: माघ ०९, २०७८
134 Shares

काठमाडौं,९ माघ । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत ५० जना स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोरोनाभाइरसको सङ्क्रमण भएको छ।

अस्पतालकी निर्देशक डा। मनिषा रावलले सूचना जारी गरी ५० जनाभन्दा बढी स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना सङ्क्रमण भएको जनाएकी छन्। स्वास्थ्यकर्मीमा सङ्क्रमण भएपछि खोप अभियान स्थगन गरिएको छ।

खोप कार्यक्रममै संलग्न स्वास्थ्यकर्मीलाई कोरोना भएकाले अभियान स्थगन गर्नुपरेको निर्देशक डा। रावलले जनाएकी छन्। अहिले १६ माघसम्म खोप अभियान स्थगन गरिएको सूचनामा उल्लेख छ।

 

Desk
प्रकाशित मिति: माघ ०९, २०७८
134 Shares
Footer ads