राष्ट्रियसभा निर्वाचनको मौन अवधि मध्यरातदेखि लागू हुँदै, विद्युतीय माध्यमबाट पनि प्रचार गर्न नपाइने

Desk
  |   
प्रकाशित मिति: माघ ०९, २०७८
110 Shares

 काठमाडौं,९ माघ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको मौन अवधि आज मध्यरातिदेखि सुरु हुँदैछ। मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्नेलगायतका आचारसहिता पालना गर्न निर्वाचन आयोगले आग्रह गरेको छ।

मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३ सय मिटर वरिपर राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउन निर्देशन दिइएको प्रमुख आयुक्त दिनेश थपलियाले बताए। एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने उनले बताए।

Desk
प्रकाशित मिति: माघ ०९, २०७८
110 Shares
Footer ads