अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुग्यो

Desk
  |   
प्रकाशित मिति: असार ०८, २०७९
57 Shares

काठमाडौं, ८ असार । अफगानिस्तानमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ । मङ्गलबार आएको भूकम्पका कारण भवनहरु भत्कनुका साथै पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो ।


तालिवान सरकारले मृतकको आधिकारिक जानकारी दिएको हो । घटनामा ६ सय घाइते भएकाछन् । पक्टिटा र खोस्ट प्रान्तमा बढी क्षति भएको छ । ५.९ म्याग्निट्युडको भूकम्प बुधबार विहान गएको हो । खोस्ट प्रान्तमा पाकिस्तानको सीमा नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

Desk
प्रकाशित मिति: असार ०८, २०७९
57 Shares
Footer ads