भूकम्पमा परी कम्तिमा २८० जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: असार ०८, २०७९
55 Shares

काबुल, ८ असार ।    अफगानिस्तानको पाक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तिमा २८० जनाको मृत्यु हुनुका साथै ५९५ जना घाइते भएको त्यहाँको बख्तर समाचार समितिले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पाक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा कम्तिमा २५ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् ।
 
भूकम्प  ६।१ म्याग्निच्युड भएको जनाइएको छ ।  भूकम्पको केन्द्रविन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । भूकम्पका कारण  यस क्षेत्रका दर्जनौँ घरमा क्षति पुर्‍याएको छ भने पाक्टिका प्रान्तमा पहिरोसमेत गएको स्थानीय स्रोतले जनाएको छ ।

Desk
प्रकाशित मिति: असार ०८, २०७९
55 Shares
Footer ads