सुनको मूल्य घट्यो,तोलाको कति पुग्यो ?

Desk
  |   
प्रकाशित मिति: असार ०८, २०७९
48 Shares

काठमाडौं,८ असार । नेपाली बजारमा बुधबार सुन प्रतितोला चार सय रुपैयाँले घटेको छ । सोमबार र मंगलबार प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९७ हजार तीन सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै तेजाबी सुनको भाउ ९६ हजार आठ सय रुपैयाँ कायम भएको छ । आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

Desk
प्रकाशित मिति: असार ०८, २०७९
48 Shares
Footer ads