उद्योग वाणिज्य संघ खैरहनीको विधान संशोधन,कार्यसमितिमा प्रत्यक्ष निर्वाचन

Samabesi
  |   
प्रकाशित मिति: असार ०७, २०७९
50 Shares

चितवन । उद्योग वाणिज्य संघ खैरहनीको विधान संशोधन भएको छ । संघको सोमबार भएको ११ औं साधारणसभाबाट संघको कार्यसमितिको सबै पदमा प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखिएको छ । यसअघि अध्यक्ष मात्रै प्रत्यक्ष निर्वाचनमा जाने र कार्यसमितीको अन्य मुख्य पदमा आउन पहिला सदस्यमा निर्वाचित भएपछि मात्रै पदको बाडफाड हुने प्रावधान रहेको थियो ।

विधान संशोधनसँगै अब कार्यसमितिमा रहेर एक कार्यकाल काम गरेकाले अध्यक्षमा उम्मेदवारी दिन पाउने र उपाध्यक्ष , सचिव , कोषाध्यक्ष पदमा प्रत्यक्ष रुपमा उम्मेदवारी दिन पाइने विधान संशोधन समितीका संयोजक समेत रहेका संघका अध्यक्ष दिपेन श्रेष्ठले जानकारी दिए । साधारणसभामा संघका अध्यक्ष दिपेन श्रेष्ठ, महासचिव केदारनाथ बर्तौला र कोषाध्यक्ष क्षेत्रबहादुर रावलले पेश गरेको प्रतिवेदन पास गरिएको थियो । 
 

samabesi
प्रकाशित मिति: असार ०७, २०७९
50 Shares
Footer ads