‘दुई नम्बरी’ कात्तिक ४ बाट प्रदर्शनमा

Desk
  |   
प्रकाशित मिति: असार ०६, २०७९
72 Shares

काठमाडौं,६ असार ।  फिल्म ‘दुई नम्बरी’ कात्तिक ४ बाट प्रदर्शनमा आउने भएको छ ।

फिल्मका निर्देशक दीपेन्द्र लामाले आगामी तिहारलाई लक्षित गरेर फिल्म प्रदर्शनमा ल्याउने तयारी गरेको जानकारी दिएका छन् ।

सोमबार फेसबुक स्टाटसमार्फत दीपेन्द्रले फिल्मको पोस्टर पनि सार्वजनिक गरेका छन् । ‘आगामी तिहारलाई अझ रमाइलो बनाउन हामी दर्शकमाझ फिल्म दुई नम्बरी लिएर आउँदैछौँ । अहिले नै याद राख्नुस् है, कात्तिक ४ मा हाम्रो भेट हुनेछ,’ उनले लेखेका छन् । 

फिल्ममा अभिनेता सौगात मल्ल, दयाहाङ राई, उपासना सिंह ठकुरी, बुद्धि तामाङलगायतका कलाकारको मुख्य अभिनय रहेको छ । 

Desk
प्रकाशित मिति: असार ०६, २०७९
72 Shares
Footer ads