नेप्सेमा भारी अंकको गिरावट

Desk
  |   
प्रकाशित मिति: असार ०६, २०७९
55 Shares

काठमाडौं,६ असार । पघिल्लो केहि समय यता सेयर बजार दबाबमा देखिएको छ। गत भदौमा सबैभन्दा उच्च बिन्दु ३१९८ हाराहारीमा पुगेको सेयर बजार (सोमबार असार ६गते) १८८४.८१ बिन्दुमा आइपुगेको छ। 


यता सेयर बजारमा कारोबार रकम पनि निरन्तर ओरालो लागेको छ। गत भदौमा २२ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा अहिले मुस्किलले एक अर्ब रुपैयाँभन्दा माथिको कारोबार हुने गरेको छ।  पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको तरलताको अभाव, कर्जा सेटलमेन्टको बाध्यता र बैंकको मार्जिन कलले सेयर बजारलाई दवाबमा पारेको छ। 

सोमबार सेयर बजारमा १ अर्ब ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता बराबरको सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 


सोमबार कारोबारमा आएका ६ कम्पनीको सेयरमूल्य मात्र बढेको छ। बाँकी २२० कम्पनीको सेयरमूल्य घटेको छ।  कारोबारमा आएका २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जानकारी दिएको छ। 

सोमबार आँधीखोला लघुवित्त वित्तीय संस्था र सिवासि नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। आज एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। आज तेह्रथुम पावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो।

सोमबार कारोबारमा आएको सबै समूहको सेयर मूल्यमा गिरावट आएको छ। सबैभन्दा धेरै हाईड्रो पावर कम्पनीको सेयर मूल्य ओरालो लागेको छ। यस समूहतर्फको सेयर मूल्य आज ४.२८ प्रशिततले घटेको छ।

Desk
प्रकाशित मिति: असार ०६, २०७९
55 Shares
Footer ads