उत्कृष्ट नतिजा निकाल्न सफल ओर्याकल एजुकेशन जोन

Desk
  |   
प्रकाशित मिति: असार ०६, २०७९
219 Shares

भैरहवा, ६ असार । प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गरेको बुटवलको ओर्याकल एजुकेशन जोनले उत्कृष्ट नतिजा निकाल्न सफल भएको छ । कक्षा १२ पछिको अध्ययनका लागि सञ्चालन गरिएको ब्रिजकोर्समा विद्यार्थीहरुले सफलता हात पारेको ओर्याकलले दावी छ । कक्षा १२ मा विज्ञान संकाय अध्ययन गरेका विद्यार्थीका लागी विगत ६ वर्षदेखी ओर्याकलले ब्रिजकोर्स सञ्चालन गर्दै आएको छ ।

मेडिकल शिक्षाका अध्ययन गर्ने विद्यार्थीहरुले नेपालको विभिन्न विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा नाम निकाल्न सफल भएका छन । मेडिकल, पारामेडिकल, अप्लाइड साइन्स, इन्जिनियरिङ्ग विधामा विद्यार्थीले नाम निकालेका छन । एम.बी.बिी.एस, बी.डी.एस, नर्सिङ्ग, बी.एम.एल.टी, बाम्स, फार्मेसी, एग्रीकल्चर, भेटेरिनरी, फरेष्ट्री, फुड टेक, बी.ई लगायतका बिषयहरुमा यस संस्थाबाट प्रशिक्षित विद्यार्थीहरुले उत्कृष्ट अंकसहित प्रवेश परिक्षामा उतिर्ण भएको सञ्चालक डा. युवराज पन्थले बताए । 
‘स्थापनाकालदेखि नै विद्यार्थीको शैक्षिक तथा सर्वोपरी विकासलाई प्राथमिकतामा राखी इन्ट्रान्स एक्स्पर्टको प्रत्यक्ष संलग्नतामा तयारी कक्षाहरु संचालन गरिएको छ, ’उनले भने ।


आफूहरुले दिएको आत्मीय वातावरणमा विद्यार्थीले सफलता प्राप्त गरेको उनले दावी गरे । अहिले सम्म ८० प्रतिशतले सफलता हासिल गरेको प्रबन्ध निर्देशक ई. आशिष न्यौपानेले बताए । ‘ प्राविधिक धारका विषय विशेषज्ञद्वारा सञ्चालन तथा प्राध्यापन गरिने भएकोले विद्यार्थीहरुले प्रवेश परीक्षाको वास्तविक स्वादबारे बढी जानकार हुन्छन् ’ न्यौपानेले भने ‘त्यो नै विद्यार्थीको लागि फाइदाजनक हुन्छ ।’ ओर्याकल एजुकेशन जोनले विगत २ वर्षदेखि कक्षा १० पछिको व्रिज कोर्ष पनि सञ्चालन गरेको छ भने यस वर्षदेखि सिम्याट तयारी कक्षा पनि सञ्चालन गर्ने जनाएको छ ।

Desk
प्रकाशित मिति: असार ०६, २०७९
219 Shares
Footer ads