चितवन , ४ असार । पहिरोको कारण अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक सूचारु भएको छ । इच्छाकामना गाँउपालिका वडा नम्बर ६ स्थित चारकिलोमा बिहान ११.३५ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।
बिहानदेखी अवरुद्ध भएको सडक पहिरो हटाएर बेलुका करिब ५.३० बजेबाट सूचारु भएको प्रहरीले जनाएको छ । पहिरो हटाएपनि सवारी चालकहरुले लेन अनुशासन पालना नगर्दा जाम हुने गरेको भन्दै ओभरटेक नगरि आफ्नो लेनमा सवारी चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
File Photo