कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई क्षेत्रिय समितिको बधाई तथा शुभकामना

Samabesi
  |   
प्रकाशित मिति: असार ०४, २०७९
190 Shares

चितवन , ४ असार । स्थानिय तह निर्वाचन २०७९ मा  चितवन क्षेत्र नम्बर १ भित्र नेपाली कांग्रेसबाट विभिन्न पदमा उम्मेदवारी दिएर विजयी भएका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिइएको छ ।  नेपाली कांग्रेसको चितवन क्षेत्र नम्बर १ को कार्यसमितिले आज एक कार्यक्रमको बिच नवनिर्वाचित प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना दिएको हो । क्षेत्र नम्बर १ भित्र रहेको ४२ वटा वडामध्य नेपाली कांग्रेसले १९ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए ।

क्षेत्रिय समितिले खैरहनी र रत्ननगर नगरपालिकाको प्रमुख , राप्तीको उप प्रमुख सहित तिनवटै नगरको विभिन्न वडाका वडाअध्यक्ष , वडा सदस्य, कार्यपालिका सदस्य,  जिल्ला समन्वय समितिको सदस्यहरुलाई बधाईको साथै सफल कार्यकालको शुभकामना दिइएको क्षेत्रिय समितीका सचिव उमेश गिरीले जानकारी दिए । क्षेत्रिय समितिले कुल ९६ जनालाई सम्मान पत्र सहित बधाई दिएको सचिव गिरीले बताए । क्षेत्रिय सभापति किरण भूषण ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर वानियाँ , बागमती प्रदेशका उद्योग ,बाणिज्य तथा आपूर्ती मन्त्री मिलन वावु श्रेष्ठ , पुर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी , महासमिति सदस्य सावित्री बोगटी , राप्तीका उप प्रमुख देवेन्द्र लामा , खैरहनीका प्रमुख शशि कुमार खनियाँ , रत्नननगरका प्रमुख प्रलाद सापकोटा , प्रदेश १ ख का सभापति गोविन्द गौतम लगायतले मन्तव्य राखेका थिए । 

samabesi
प्रकाशित मिति: असार ०४, २०७९
190 Shares
Footer ads