एकैदिन थपिए १२ हजार २१३ कोरोना सङ्क्रमित

Desk
  |   
प्रकाशित मिति: असार ०२, २०७९
87 Shares

एजेन्सी,२ असार । भारतमा कोरोना भाइरसबाट थप १२ हजार २१३ जना सङ्क्रमित भएका छन्।

भारतमा पछिल्लो २४ घण्टाको समयाअवधिमा थपिएका कोरोना सङ्क्रमित यो सङ्ख्या तीन महिनापछिको नै धेरै हो।


यस वर्षको फेब्रुअरी २६ मा भारतमा ११ हजार ४९९ जना कोरोना सङ्क्रमित थपिएका थिए। गत बुधबार भारतमा आठ हजार ६४१ जना कोरोना सङ्क्रमित भएका थिए।

भारतमा हाल कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३२ लाख ५७ हजार ७३० पुगेको छ।


यसमध्ये ५८ हजार २१५ सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ। सक्रिय सङ्क्रमितको यो सङ्ख्या कुल सङ्क्रमितको ०‍‍।१३ प्रतिशत हो।

पछिल्लो एक दिनमा सात हजार ६२४ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ।

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २६ लाख ७४ हजार ७१२ पुगेको छ। कोरोना भाइरस निको भएको यो दर ९८।६५ प्रतिशत रहेको छ।

कोरोना महामारीबाट बुधबार भारतमा ११ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसमम भारतमा ५ लाख २४ हजार ८०३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ।

भारतमा सन् २०२१ को जनवरी महिनाबाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो।

सो समयदेखि हालसम्म एक अर्व ९५ करोड ६७ लाख डोज खोप लगाइएको समाचारमा जनाइएको छ।

Desk
प्रकाशित मिति: असार ०२, २०७९
87 Shares
Footer ads