१४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

Desk
  |   
प्रकाशित मिति: असार ०२, २०७९
94 Shares

तिलोत्तमा,२ असार । रुपन्देहीको सैनामैनामा १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । 

बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सैनामैना नगरपालिकाका ६० वर्षीय मइते थापालाई पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि बलात्कार गर्दै खुल्न आएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Desk
प्रकाशित मिति: असार ०२, २०७९
94 Shares
Footer ads