काठमाडौं,२ असार । नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले ५० केजी हेरोइन बरामद गरेको छ । लामो अपरेसनपछि अहिलेसम्मकै ठूलो परिमाणमा हेरोइन बरामद गरिएको ब्यूरोले जनाएको छ ।
काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको सर्च अपरेसनबाट हेरोइन बरामद गरिएको हो ।
यसबारे विस्तृत विवरण आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने ब्यूरोको तयारी छ ।