गोविन्दाले उनका भान्जा कृष्णा अभिषेकलाई दिए माफी

Desk
  |   
प्रकाशित मिति: असार ०२, २०७९
111 Shares


काठमाडौं,२ असार । भारतीय अभिनेता गोविन्दा र उनका भान्जा तथा कलाकार कृष्णा अभिषेकबीचको झगडा टुंगिएको छ । उनीहरूबीच लामो समयदेखि विवाद थियो । तर, अब भने गोविन्दा र कृष्णाबीचको सम्बन्धमा सुधार भएको छ ।

केही समयअघि कृष्णाले गोविन्दासँग माफी मागेका थिए  गोविन्दाले पनि भान्जाको माफी स्वीकार गरेका छन् । वर्षौंअघि कृष्णाकी श्रीमती कश्मिरा साहले गोविन्दालाई पैसा लिएर विवाहमा नाच्न बोलाएकी थिइन् । जसकारण गोविन्दाकी श्रीमती सुनिता आहुजा काश्मिरासँग रिसाएकी थिइन् । 

धेरै पटक गोविन्दा द कपिल शर्मा सोमा अतिथिको रूपमा जाँदा कृष्णाले प्रस्तुतिसमेत देखाएका थिएनन् । दुवै परिवारका सदस्यले एकअर्काविरुद्ध अभिव्यक्ति दिएपछि गोविन्दा र कृष्णाको सम्बन्ध थप बिग्रिएको थियो ।

Desk
प्रकाशित मिति: असार ०२, २०७९
111 Shares
Footer ads