प्रधानमन्त्री मोदी लुम्बिनीमा, देउवसँगै मायादेवी मन्दिरमा दर्शन गर्दै

Desk
  |   
प्रकाशित मिति: जेष्ठ ०२, २०७९
216 Shares

काठमाडौं,२ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी पुगेका छन्। बुद्ध पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन उनी प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा लुम्बिनी पुगेका हुन्।

हाल मोदीसँगै देउवा बुद्ध जन्मस्थल लुम्बिनीमा छन्। मोदी र देउवासहितको प्रतिनिधिमण्डल मायादेवी मन्दिरको दर्शन गरेका छन्।

मायादेवी मन्दिरको दर्शनपछि मोदी र देउवा भूमि पूजामा सहभागी हुनेछन्। दिउँसो १२स्२० मा मोदी र परराष्ट्रमन्त्री डा। नारायण खड्कासँग भेट गर्ने कार्यक्रम तय भएको छ। खड्कासँगको भेट पछि उनले प्रधानमन्त्री देउवासँग भेट्नेछन्।

दिउँसो १२स्४५ मा मोदी नेतृत्वको प्रतिनिधिमण्डल र नेपालको प्रतिनिधिमण्डलबिच छलफल हुनेछ।

यस्तै, दिउँसो १स्३० बजे मोदी प्रधामन्त्री देउवाद्वारा आयोजित लञ्चमा सहभागी हुने र दिउँसो २ बजे विशेष व्यक्तित्वहरुसँग भेटघाट गर्ने कार्यक्रम बनेको छ।

दिउँसो ३स्३० बजे बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रममा मोदी सहभागी हुनेछन्। साँझ ५ बजे मोदी स्वदेश फर्किने कार्यक्रम रहेको छ।

Desk
प्रकाशित मिति: जेष्ठ ०२, २०७९
216 Shares
Footer ads