आज २५६६ औँ बुद्ध जयन्ती

Desk
  |   
प्रकाशित मिति: जेष्ठ ०२, २०७९
145 Shares

काठमाडौं,२  जेठ। आज बुद्ध जयन्ति। प्रत्येक वैशाख पूर्णिमा अर्थात् बुद्ध जयन्तीका दिन गौतम बुद्धलाई श्रद्धा व्यक्त गर्दै उनको नाममा विशेष कार्यक्रम मनाइन्छ। २०७९ जेठ २ गते सोमबार २५६६ औं बुद्ध जयन्ती हो । सदा झैं यसबर्ष पनि विश्वभर बौद्ध धर्माबलम्बीहरुले विशेष पूजापाठ गरी बुद्ध जयन्ती मनाइरहेका छन् ।

नेपालको लुम्बिनीमा इसापूर्व ५४३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए । तीनै घटना एकै दिन भएको सन्दर्भलाई संझना गरेर हामी बुद्ध जयन्ती मनाउने गर्दछौं।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो। उनी जन्मना साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती छ।  यसका अनुसार  उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ ।

जन्मना साथ उनलाई पोखरीमा स्नान गराइएको थियो। सिद्धार्थ गौतमले नुहाएका यो पोखरीलाई अहिले सिद्धार्थ कुण्ड भनिन्छ। यसरी अलौकिक जन्म भएका राजकुमार सिद्धार्थ गौतम कि आमा मायादेवीको भने उनी जन्मेको ७ दिनमै निधन भएको थियो।

यद्यपि अत्यन्त अनुशासित र मर्यादित राजकुमार सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह भएका थिए । सम्पूर्ण जीव(जगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका  सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छाडेर ज्ञानको खोजीमा निस्केका हुन्।

राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रूपमा जन्मिएका सिद्धार्थ २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागेका थिए। ६ वर्षको ध्यानपछि ३५ वर्षको उमेरमा भारतको बोधगयामा वैशाख शुक्ल पूर्णिमाकै दिन सिद्धार्थ गौतमलाई बुद्धत्व प्राप्ति भएपछि भगवान् बुद्धका रूपमा उनले विश्व प्रसिद्धि पाएका हुन् । सिद्धार्थ गौतम नै आज संसारका महान गौतम बुद्ध हुन्।

तपश्याका क्रममा बुद्धलाई सम्यक सम्वोधी अर्थात् महाज्ञान प्राप्त भयो। त्यसपछिका वर्षहरूमा उनले त्यही महाज्ञानलाई बाँडे। संसारभर भगवान बुद्ध भनी कहलिए। बुद्ध धर्म एक अनिश्वरवादी धर्म मात्र नभइकन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शन सर्वव्यापी दर्शन पनि हो। यो धर्म शाक्यमुनि गौतम बुद्ध र उनका अनुयायीहरूका शिक्षामा आधारित रहेर तयार भएको हो । गौतम बुद्धलाई वर्तमान कल्पको चौथौ सम्यक सम्बुद्ध मानिन्छ।

वैशाख शुक्ल पूर्णिमामा हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले बुद्धको पूजा गरी बुद्ध जयन्ती मनाउने चलन छ। काठमाडौंको बौद्ध, स्वयम्भूनाथ, चाबहिलमा रहेको चारुमति विहार लगायतका जिल्ला जिल्ला, टोलटोलमा यो दिन विभिन्न कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइरहिएको छ।

बुद्ध धर्म र गौतमबुद्धका उपदेश मान्ने अनुयायीहरू नेपालसहित भारत, चीन, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया आदि देशमा फैलिएका छन्। संसारभरि फैलिएको बुद्ध दर्शनको उद्गम विन्दु नेपालमा भएकाले नेपाललाई शान्तिको देश पनि भनिन्छ।

गौतम बुद्धलाई हिन्दू धर्मावलम्बीले भगवान विष्णुका १० अवतारमध्ये एक अवतार मान्दछन्। यो बर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समेत बुद्ध जयन्तीको अवसर पारेर लुम्बीनी आइरहेका छन्।

भारतमा हिन्दुधर्मको प्रचारको कारणले सत्तामा पुगेका नरेन्द्र मोदीको यो भ्रमणले बौद्ध धर्म र हिन्दुधर्मको बीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने आशा विश्लेषकहरुले लिएका छन्। प्राचीन बौद्ध समाजमा दैनिक जीवनका कुनै पनि कुराको कालगणना बुद्धको महापरिनिर्वाणबाट गरिन्थ्यो।

पछि यही गणना बुद्ध सम्वत्का रूपमा विकसित भयो। इतिहासका अध्येताहरू बुद्धको जन्म साल इ।पू। ५६३ लाई मान्छन् तर श्रीलंकालीहरू भने इ।पू। ६२३ लाई आधार मानेर जन्मदिन मनाउँछन् । श्रीलंकाली मान्यताकै प्रभावमा संयुक्त राष्ट्रसंघले पनि यही साललाई आधिकारिक मानेको छ।

बुद्ध लुम्बिनीमा जन्मेका र लुम्बिनी नेपालमा पर्ने भएकाले यो दिनलाई ‘लुम्बिनी दिवस’ को नाममा मनाउनुपर्ने तर्क गर्नेहरू पनि छन्। लुम्बिनी क्षेत्रमा ‘बुद्ध जयन्ती’ तथा बुद्ध नेपालमा जन्मिएका र आफू पनि नेपाली भएको नाताले गर्व गर्नुपर्छ।

बुद्धको विचरण भूमि नेपाल र भारत भए पनि यी दुवै देश बुद्ध र बौद्ध धर्म दर्शनलाई त्यति मान्यता दिएको देखिंदैनन् । बरु, श्रीलंका, चीन, जापान, कोरिया, थाइल्यान्ड लगाएतका राष्ट्रहरूमा अग्रसरता देखिएको छ ।

बुद्धले संसारमा दुःख छ र दुःख हटाउन सके निर्वाण वा शान्ति प्राप्त हुन्छ भन्ने ज्ञान दिएका हुन् । नेपालमा वि।सं। २००८ जेठ ८ गते बुद्ध जयन्तीका दिन पहिलोपटक सार्वजनिक बिदा तथा वि।सं। २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

अन्तरजगतका कुशल चिकित्सक तथा बाहृय जगतका कुशल वैज्ञानिक बुद्धले आफ्नो ८० वर्षे जीवनकालमा ८४ हजार पटक प्रवचन दिएका थिए । यी प्रवचनहरु ’विनय’, ’सुत्त’ र ’अभिधम्म’ पिटक लगायतका पुस्तकमा संग्रहित छन्।

पच्चीस सय वर्षदेखि बडो मिहिनेत गरेर जोगाउँदै अवलम्बन गरिँदै आएका बुद्धका सन्देश अहिले हामीले विभिन्न भाषामा अनुवाद गरी सर्वसुलभ रुपमा पढ्न सक्छौं । सम्राट् अशोकले ई।पू। २४९ मा ’हित बुद्ध जातेती लुम्बिनी ग्रामे’ भनी ब्राहृमी लिपिमा नेपाली भाषामा लेखेको अशोक स्तम्भ लुम्बिनीमा पत्ता लागेको हो ।

तत्कालीन पश्चिम क्षेत्र कमान्डर जनरल खड्ग शम्शेर राणाले सिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा उक्त स्तम्भ देखि पुरातत्त्व विशेषज्ञ डा।फुररको सहयोगमा स्तम्भ उत्खनन् तथा सन् १९५६ मा चौथो विश्व बौद्ध भ्रातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो। सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको गुरुयोजना आरम्भ भएको थियो।

बुद्धका सबै शिक्षा र उपदेशहरूको संग्रहलाई त्रिपिटक भनिन्छ। त्रिपिटकमा बुद्धका ३२ भौतिक गुणहरूको स–विस्तार वर्णन गरिएको छ । त्यहाँ बुद्धका ८२ हजार र उनका प्रमुख शिष्यहरूका २ हजार गरी ८४ हजार ज्ञान–सूत्रहरू संग्रहित छन्।

बुद्धको मुख्य दार्शनिक सिद्धान्त प्रतित्य–समुत्पाद हो । आधारभूत गुणहरू अनित्य, दुःख र अनात्मलाई बुद्धका आधारभूत सिद्धान्त मानिन्छ । गौतम बुद्धलाई एसियाको तारा पनि भनिन्छ।

बुद्ध भन्नाले बोधी प्राप्त वा अन्तिम सत्यको पहिचान गरेको महामानवलाई बुझिन्छ । अन्त्यमा देश विदेशमा रहनुहुने सम्पूर्ण बौद्ध धर्मलम्बीहरुमा डिसि नेपालको तर्फबाट बुद्ध जयन्तीको हार्दिक शुभकामना ।

Desk
प्रकाशित मिति: जेष्ठ ०२, २०७९
145 Shares
Footer ads