त्रिभुवन विमानस्थलबाट गोलीसहित युवती पक्राउ

Desk
  |   
प्रकाशित मिति: असार ०१, २०७९
89 Shares

काठमाडौं,१ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको प्रस्थान ह्‍याण्ड ब्यागेज चेकिङ एरियाबाट एक राउण्ड गोली सहित सर्लाही हरिपुर नगरपालिका-७ बस्ने ३६ वर्षीया किरण कुमारी सिंहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

बुद्ध एयरको उडानद्वारा काठमाडौँबाट जनकपुर जान लागेकी यात्रु सिंहले लिई आएको झोला ह्‍याण्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा उक्त गोली फेला पारी प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।   

Desk
प्रकाशित मिति: असार ०१, २०७९
89 Shares
Footer ads