सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

Desk
  |   
प्रकाशित मिति: असार ०१, २०७९
81 Shares

काठमाडौं,१ असार ।  साप्ताहिक कारोबारको चौथौ दिन (बुधबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ। यसअघि, मंगलबार सुनको मूल्य तोलामा १ हजार ८०० रुपैयाँले घटेको थियो। 


बुधबार छापावाल सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ प्रतितोला कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार रुपैयाँ पुगेको छ। 

यसअघि, मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ थियो। मंगलबार तेजाबी सुनको मूल्य ९६ हजार ६०० रुपैयाँ प्रतितोला थियो। 

Desk
प्रकाशित मिति: असार ०१, २०७९
81 Shares
Footer ads