‘ब्रह्मास्त्र’को ट्रेलर सार्वजनिक (भिडियोसहित)

Desk
  |   
प्रकाशित मिति: असार ०१, २०७९
59 Shares

काठमाडौं,१  असार ।  बहुप्रतिक्षित बलिउड सुरहिरो फिल्म ‘ब्रह्मास्त्रः शिवा’को ट्रेलर सार्वजनिक भएको छ। अभिनेता रणविर कपुर र आलिया भट्टको मुख्य भूमिका रहेको फिल्मको ट्रेलर बुधबार सार्वजनिक भएको हो। 


सुपरहिरो विधामा रहेको यो फिल्म साइन्स फिक्सन र पौराणिक कथामा आधारित रहेर बनेको छ। डिज्नी स्टुडियोजको ग्लोबल रिलिज क्यालेण्डरमा समेत समावेश भएको यो फिल्म ९ सेप्टेम्बरमा विश्वभर प्रदर्शनमा आउँदै छ। 

फक्स स्टार स्टुडियोले निर्माण गरेको यो फिल्म तीन भागमा प्रस्तुत हुने कथाको पहिलो भाग हो। फिल्ममा शिवाको भूमिकामा रणविर रहेका छन्। रणविरको भूमिका फिल्ममा एक सुपरहिरोको रुपमा रहेको छ।

फिल्मको ट्रेलरमा जल, वायु र अग्नीजस्ता विभिनन शक्तिहरु अस्त्रमा भरिएको प्रसंग उल्लेख गर्दै फिल्म यही अस्त्र भएका देवताको बारेमा भएको उल्लेख गरिएको छ। ट्रेलरमा रणविरको शक्ति तथा फिल्मका अन्य पात्रको विशेषताको झलक देख्न सकिन्छ।

फिल्ममा रणविर र आलियासँगै अमिताब बच्चन, नागर्जुना, मौनी रोयलगायतका कलाकारको अभिनय रहेको छ। फिल्मलाई आयान मुखर्जीले निर्देशन गरेका हुन्। 

 

Desk
प्रकाशित मिति: असार ०१, २०७९
59 Shares
Footer ads