आदर्श लघुवित्तको आइपीओ बिक्री खुला

Desk
  |   
प्रकाशित मिति: असार ०१, २०७९
72 Shares

काठमाडौं,१ असार । आदर्श लघुवित्तले आज असार १ गते बुधबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले ६७ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ६७ कित्ता साधारण सेयर निष्कासन गरेको छ । यो मध्ये ५५ अर्थात् ३ हजार ३५० कित्ता सामुहीक लगानी कोष र ०।५५ अर्थात् १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
 
बाँकी ६२ हजार ६१५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार ६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा असार १५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी कियर नेपालले लघुवित्तको आइपीओलाई ‘कियर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा बीओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 

Desk
प्रकाशित मिति: असार ०१, २०७९
72 Shares
Footer ads