ट्रिनिटी कलेजका सुरक्षा गार्डलाई खुकुरी प्रहार गर्ने ४ विद्यार्थी पक्राउ

Desk
  |   
प्रकाशित मिति: असार ०१, २०७९
65 Shares

काठमाडौं,१ असार  ।  ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा  ४ जना विद्यार्थी पक्राउ परेका छन्।  मानविकी संकायमा कक्षा ११ मा पढ्ने विद्यार्थीले काठमाडौं वडा नं २९ कालिकास्थानमा रहेको कलेजमा बुधबार दिउँसो साढे १ मा सुरक्षा गार्डलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

 

घटना भएलगत्तै प्रहरी बृत्त सिंहदरबारबाट प्रहरी अधिकृतसहितको प्रहरी टोली परिचालित गराइएको थियो ।  सुरक्षा गार्डको धारिलो हतियार प्रहारबाट बायाँ कानमुनि चोट लागेको छ। उनी मोडेल अस्पतालमा उपचार गरी डिस्चार्ज भएको प्रहरीले जानकारी दियो।

घटनामा संलग्न सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा पढ्ने १८ वर्षीय जोसेन बानियाँ, बिपिन खत्री, प्रतिक खतिवडा, सञ्जिब भण्डारी (अनमोल) फक्राउ परेका छन्।  करिब १० दिन अगाडि कलेज प्राङ्गणमा बास्केटवल खेल्दा भएको बिवादको विषयलाई लिएर कलेजमा दुई पक्षबीच झै-झगडा हुन लागेको र कलेजका सुरक्षा गार्डद्वारा छुट्याउने क्रममा गार्डउपर नै जाई लागी घटना घटाइएको प्रहरीले बतायो।  उक्त घटनाको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भई रहेको छ।

 

Desk
प्रकाशित मिति: असार ०१, २०७९
65 Shares
Footer ads