खैरहनी ३ को वडाअध्यक्षमा कांग्रेसका गुरुङ्ग विजयी

Samabesi
  |   
प्रकाशित मिति: जेष्ठ ०१, २०७९
256 Shares

चितवन ,१ जेठ । खैरहनी नगरपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका पूर्ण बहादुर गुरुङ्ग विजयी भएका छन् । गुरुङ्गले ७ सय ७७   मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी सुकुमाया घिसिङलाई ८०  मतको मतान्तरले पछि पार्दै गुरुङ्ग विजयी भएका हुन् ।

गुरुङ्गले ७ सय ७७ मत ल्याउदा घिसिङले   ६ सय ९७ मत ल्याएकी छिन् । त्यस्तै राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार शेरबहादुर खड्काले ४ सय ८० मत , माओवादी केन्द्रका दलबहादुर सुनारले १४ मत ल्याएका छन् । वडा सदस्यमा नेकपा एमालेबाट कृष्ण बन्धु भुत्र्यालले ७ सय ५० मत , नेपाली कांग्रेसबाट माधव श्रेष्ठले ७ सय ९ , महिला सदस्यमा नेकपा एमालेकी प्रज्वला कुमारी घिमिरे ८ सय ३१ मत र दलित महिला सदस्यमा एमालेकै बिष्णुकुमारी कामी ७ सय ८५ मत ल्याएर विजयी भएका छन् ।  
 

samabesi
प्रकाशित मिति: जेष्ठ ०१, २०७९
256 Shares
Footer ads