काठमाडौं,१ जेठ । काठमाडौं महानगरपालिकामा साढे ७ बजेसम्म ९ हजार ४ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापित भन्दा बालेन १ हजार ७ सय ३१ मतले अगाडि हुनुहुन्छ ।
स्वतन्त्र उम्मेदवार साहले ३ हजार ६ सय ३८ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका नेकपा एमालेका उम्मेदवार केशव स्थापितले भने एक हजार ९ सय ४ मत प्राप्त गर्नुभएको छ ।
यस्तै गठबन्धनतर्फ कांग्रेसकी सिर्जना सिंहले १६ सय ९८ मत प्राप्त गर्नुभएको छ । राप्रपाका मदनदास श्रेष्ठले ३ सय ५४ र स्वतन्त्र उम्मेदवार सुमन सायमीले ३ सय ५१ मत प्राप्त गर्नुभएको छ ।
उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता बनाइ रहनुभएको छ । उहाँले ३ हजार ६ सय ९८ मत प्राप्त गर्नुभएको छ । यस्तै, गठबन्धनतर्फ एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठको पक्षमा एक हजार ७५ मत खसेका छन् ।