चितवन , १ जेठ । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका नवराज भुसाल विजयी भएका छन् । उनले आफ्नो निकतम प्रतिद्धन्धी नेकपा एमालेबाट वडा अध्यक्षका उम्मेदवार वसन्त लामिछानेलाई १ सय ६१ मतको मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन् ।
भुसालले १ हजार ९४ मत ल्याउदा उनका निकतम प्रतिस्पर्धी लामिछानेले ९ सय ३३ मत ल्याएका छन् । उनीसँगै कांग्रेसबाट वडा सदस्यमा उम्मेदवारी दिएका दिपेन्द्र चौधरी ९ सय ८२ मत ल्याएर विजयी भएका छन् भने अन्य वडा सदस्यमा एमालेका उम्मेदवार विजयी भएका छन् । वडा सदस्यमा एमालेका अनिता नेपालले ९ सय ५० मत , महिला वडा सदस्यमा बुधरमिया महत्तोले १ हजार ७९ मत र दलित सदस्यमा सिर्जना सुनारले १ हजार ४२ मत ल्याएर विजयी भएका छन् ।