चितवन , १ जेठ ।
चितवनको खैरहनी नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडा अध्यक्ष पदका उम्मेदवार रोहिणी प्रसाद उप्रेतीसहित उनको प्यानल नै विजयाी भएको हो । १ हजार १ सय ६८ मत ल्याएर उप्रेती विजयी भएका छन् । उनले आफ्नो निकतम प्रतिद्धन्धी नेकपा एमालेबाट वडा अध्यक्ष पदका उम्मेदवार चन्द्र कमल पाण्डेलाई दोब्बर मतले पछि पारेका छन् । एमालेका पाण्डेले ५ सय ८४ मत , माओवादी केन्द्रका हेमनाथ अर्यालले २ सय ६३ मत , एकिकृत समाजवदीका दिर्घ विक्रम के सीले १ सय २५ मत र राप्रपाका शालिक ब केसीले १ सय ४१ मत प्राप्त गरेका छन् । महिला सदस्यमा कमला खनाल १ हजार १ सय ८४ मत , दलित महिला सदस्यमा मिना सुनार १ हजार २ सय ६ मत ,सदस्यहरुमा आशी दराई १ हजार ६९ मत र युवराज बोगटी १ हजार ७५ मत ल्याएर विजयी भएका हुन् । त्यस्तै वडा नम्बर २ बाट नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार शशि खनियाले १ हजार ९ मतको अग्रता पाएका छन् । वडा नम्बर २ बाट नेकपा एमालेले मेयरका उम्मेदवार लालमणी चौधरीले ५ सय ८२ मत पाएका छन् ।