काठमाडौं,१ जेठ। काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायम गरेका छन् ।
हालसम्मको मतपरिणाम अनुसार बालेनले २ हजार ७१ मत पाएका छन् ।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले १ हजार १६४ र गठबन्धनकी साझा उम्मेदवार कांग्रेसकी सिर्जना श्रेष्ठले १ हजार ६ मत पाएकी छन् ।
काठमाडौंको मतगणना सुस्त गतिमा भइरहेको छ ।