गुल्मी, ३१ वैशाख । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत गुल्मीको मुसिकोट नगरपालिका–९ अर्लाङकोटमा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ।
मुसिकोट नगरपालिका–९ को वडाध्यक्षमा काँग्रेसकी भुमा गुरुङसहित प्यानल नै विजयी भएको हो । गुरुङले ४६६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामकृष्ण कँडेलले ३८१ मत प्राप्त गरे ।
वडा सदस्यहरुमा मनरुपा सापकोटा, पार्वती परियार, ताराप्रसाद कँडेल र बोमबहादुर खत्री विजयी भएका छन् । काँग्रेसले प्यानलनै जित हात पारेपछि अहिले विजय उत्सव समेत गरेको थियो ।