चितवन,३१ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा २ सय मत गणना हुँदा नेकपा माओवादी केन्द्रकी मेयरकी उम्मेदवार रेणु दाहालले अग्रता लिएकी छन् ।
उनले १ सय ३ मत ल्याउदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ६८ मत ल्याएका छन् । यस्तै, अर्का प्रतिस्पर्धी जगन्नाथ पौडेलले १९ मत पाएका छन् भने १३ मत बदर भएको छ ।