काठमाडौं,३१ वैशाख । स्थानीय तह चुनावमा भोट हाल्न गृह जिल्ला गएकाहरू काठमाडौं फर्कन थालेका छन्। केही दिनअघि गाउँघर पुगेकाहरू फर्कन थालेका हुन्।
काठमाडौंमा बसोबास गर्दै आएकाहरू भोट खसाल्न शहर बजारबाट आफ्नो मतदाता नामावली भएको ठाउँमा पुगेका थिए। हिजो मतदान सकिएपछि आज फर्कन थालेका हुन्। आज बिहानसम्म विभिन्न नाका हुँदै एक हजार पाँच वटा गाडी काठमाडौ भित्रिएका छन्।