झन्डै ७२ लाख खर्चेर गाडी किन्दै बागमती सरकार

Desk
  |   
प्रकाशित मिति: फाल्गुन ०२, २०७८
231 Shares

काठमाडौं, २ फागुन । मन्त्रालय टुक्राएर जम्बो मन्त्रिपरिषद्मा इतिहास बनाएको बागमती प्रदेश सरकारले झन्डै ७२ लाख खर्चे एउटा गाडी किन्ने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का लागि ७१ लाख ७५ हजारको गाडी किन्न बोलपत्र पनि स्वीकृत भएको छ । अढाइ महिनाअघि बोलपत्र आह्वान गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार बोलपत्र स्वीकृत गरेको हो ।

हार्ड टप जीप खरिदको ठेक्का अग्नि इन्कपेरिटेड प्रालि काठमाडौंले पाएको छ ।

१४ मन्त्रालय रहेको बागमतीमा १८ सदस्यीय मन्त्रिपरिषद् छ ।

Desk
प्रकाशित मिति: फाल्गुन ०२, २०७८
231 Shares
Footer ads