पर्सा खैरहनी जेसिजको अध्यक्षमा उप्रेती

Desk
  |   
प्रकाशित मिति: पुष ३०, २०७८
253 Shares

चितवन , ३० पुष। पर्सा खैरहनी जेसिजको अध्यक्षमा प्रकाश उप्रेती निर्वाचित भएका छन् । शाखाको आज भएको २० औं अधिवेशनबाट उप्रेती अध्यक्षमा चयन भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार सुरज नेपाल ककसमा सहभागी नभएपछि उप्रेती निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा बिक्रम पन्जियार , कुमारी पौडेल र बिजया कुमारी आचार्य देवकोटा निर्वाचित भएका छन् । कार्यकारिणी उपाध्यक्ष पदका उम्मेदवार कृशार पाठक ककसमा सहभागी नभएपछि अन्य तिनजना निर्विरोध उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपाध्यक्ष पदमा पवन रैला , नविन अधिकारी ,अमृत श्रेष्ठ निर्देशकमा राम सापकोटा , सुमन शाही ठकुरी र सुन्दर उप्रेती निर्विरोध निर्वाचित भएका छन् । नव निर्वाचित अध्यक्ष उप्रेतीले महासचिवमा सुरज नेपाल , कोषाध्यक्षमा नारायण उप्रेती र कानुनी सल्लाहकारमा कविर श्रेष्ठलाई मनोनित गरेका छन् ।

 

Desk
प्रकाशित मिति: पुष ३०, २०७८
253 Shares
Footer ads