पछिल्लो २४ घण्टामा ५०८७ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

Desk
  |   
प्रकाशित मिति: पुष ३०, २०७८
78 Shares

काठमाडौं,३० पुस । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको  हो ।

नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६.५ प्रतिशत रहेको छ । यसैगरी, पछिल्लो २४ घण्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । निको हुनेको संख्या  ८ लाख १५ हजार ६५३ पुगेको छ।  पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६१३ पुगेको छ।

यसैगरी देशमा हालसम्म १८ हजार २३५ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ३ लाख २० हजार २६७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

 

Desk
प्रकाशित मिति: पुष ३०, २०७८
78 Shares
Footer ads