भारतमा थपिए २ लाख ६४ हजार कोरोना संक्रमित, मृत्यु हुनेको संख्या चार लाख ८५ हजार ३५० पुग्यो

Desk
  |   
प्रकाशित मिति: पुष ३०, २०७८
59 Shares

काठमाडौं,३० पुस ।  भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यसैसँगै भारतमा कुल संक्रमितको संख्या तीन करोड ६५ लाख ८२ हजार १२९ पुगेको छ।

सोही अवधिमा थप ३१५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार लाख ८५ हजार ३५० पुगेको मन्त्रालयले जनाएको छ। भारतमा पाँच हजार ७५३ ओमिक्रोनका संक्रमित छन्। सक्रिय संक्रमितको संख्या १२ लाख ७२ हजार ७३ छ।

भारतमा एक लाख ९ हजार ३४५ कोरोनाबाट मुक्त भएका छन्। यसैसँगै कोरोना सुरु भएयता हालसम्म तीन करोड ४८ लाख २४ हजार ७०६ जनालाई कोरोना संक्रमण निको भएको छ।

Desk
प्रकाशित मिति: पुष ३०, २०७८
59 Shares
Footer ads