गाँजा र चरेस सहित २ जना पक्राउ

Desk
  |   
प्रकाशित मिति: पुष ३०, २०७८
58 Shares

झापा। झापाबाट गाँजा र चरेस सहित २ जना पक्राउ परेका छन्। दमक नगरपालिका– २ हुम्से–दुम्से सामुदायिक जंगलमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा इलाम माईसेबुङ गाउँपालिका– २ का ३२ वर्षीय दिपेन्द्र राई र १९ वर्षीयनुवसन मुखिया रहेका छन्। शुक्रबार बिहान ४ बजे प्रहरी चौकी बागखोरबाट खटिएको प्रहरी टोलीले उनिहरु सवार मे ३ प ५६६२ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्दा उनिहरुको साथबाट प्रतिबन्धित लागुऔषध गाँजा १२ केजी र चरेस ६ ग्राम २६० मिलिग्राम फेला परेको थियो।

लागुऔषध फेला परेपश्चात उनिहरु सवार रहेको मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

Desk
प्रकाशित मिति: पुष ३०, २०७८
58 Shares
Footer ads