वीर अस्पतालका ३० भन्दाबढी स्वास्थ्यकर्मीमा कोरोना

Desk
  |   
प्रकाशित मिति: पुष ३०, २०७८
34 Shares

काठमाडौं ,३० पुस ।   वीर अस्पतालका ३० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। कोभिड १९ युनिफाइड अस्पतालका प्रमुख डा. भुपेन्द्र बस्नेतले विभिन्न वार्ड तथा आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा  कोरोना पुष्टि भएको जानकारी दिए।

स्वास्थ्यकर्मीमा संक्रमण थपिँदै गएपछि जनशक्तिको अभाव हुने अवस्था आएको बताउँछन् । आइसियूमा कार्यरत स्वास्थ्यकर्मीमा  संक्रमण तीव्र गति फैलिरहेको डा. बस्नेतले बताए ।

स्वास्थ्यकर्मीहरू उच्च जोखिम रहेको औल्याउँदै सरकारले माघ पहिलो सातादेखि स्वास्थ्यकर्मीलाई बुस्टर डोज दिने तयारी गरेको छ।

Desk
प्रकाशित मिति: पुष ३०, २०७८
34 Shares
Footer ads