किशोरीलाई मौरीको आधार चाका वनाउने तालिम

Desk
  |   
प्रकाशित मिति: पुष २९, २०७८
67 Shares

चितवन, २९ पुष।  खैरहनी नगरपालिकाले नगरको वडा नम्वर ४ का किशोरीहरुलाई मौरीको आधार चाका बनाउने तालिम दिएको छ । नगरपालिकाको महिला,वालवालिका तथा जेष्ठ नागरीक शाखाको आयोजनामा यही पुष २५ गतेदेखी तालिम सुरु भएको थियो । तालिमको विहीवार एक कार्यक्रमका बीच समापन गरिएको छ । वस्तुगत टेवा सहयोग समेत प्रदान गरिने गरि सो वडाका २० जना किशोरीहरुलाई तालिम दिईएको हो । किशोरीहरुको भेलाले किशोरी समुह गठन गरि उनीहरुकै चाहाना बमोजिम मौरीको आधार चाका बनाउने तालिम दिईएको महिला,बालवालिका तथा जेष्ठ नागरीक शाखा प्रमुख कृष्णकुमारी गुरुङले जानकारी दिईन् । खैरहनी ४ का वडाध्यक्ष देववहादुर वस्नेतको अध्यक्षता तथा नगरपालिकाको सामाजिक विकास समिति संयोजक मनेजर महतोको प्रमुख आतिथ्यतामा तालिमको समापन गरिएको थियो । शाखा  उपप्रमुख विमला रानाभाटका अनुसार किशोरी समुहलाई वस्तुगत टेवा स्वरुप आवश्यक मेसिन तथा कच्चा पदार्थ खरिद गरेर उनीहरुलाई व्यवसायमा सहयोग गरिने बताईन् ।

Desk
प्रकाशित मिति: पुष २९, २०७८
67 Shares
Footer ads