ससुरालीमा आएर श्रीमतीको हत्या गर्ने जुवाइँ पक्राउ

Desk
  |   
प्रकाशित मिति: पुष २९, २०७८
64 Shares

काठमाडौं,२९ पुष । नेपाल प्रहरीले सात वर्षअघि ससुरालीमा आएर श्रीमतीको हत्या गरेको घटनाका मुख्य आरोपीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले भारत घर भइ कपिलवस्तु ससुराली भएका मुलायम चमारलाई मंगलबार नेपाल–भारत सीमाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक धर्मराज भण्डारीको टोलीले पक्राउ गरेका चमारलाई बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

Desk
प्रकाशित मिति: पुष २९, २०७८
64 Shares
Footer ads