सोनिया गान्धीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना

Desk
  |   
प्रकाशित मिति: जेष्ठ २९, २०७९
122 Shares

नयाँ दिल्ली,२९ जेठ । भारतको विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसकी अध्यक्ष सोनिया गान्धी स्वास्थ्यमा समस्या देखिएपछि आइतबार अस्पताल भर्ना भएकी छन्। केही दिनयता कोरोना संक्रमणबाट ग्रस्त सोनियाको स्वास्थ्य अवस्था जटिल बनेपछि आइतबार अस्पताल भर्ना गरिएको भारतीय सञ्‍चारमाध्यम एनडीटीभीले जनाएको छ।

सोनियालाई जुन १ मा कोरोना संक्रमण पुष्टि भएको थियो। १२ दिनसम्म पनि उनलाई नेगेटिभ देखाएको छैन भने आइतबार उनलाई थप जटिलता थपिएको हो। उनको स्वास्थ्यमा समस्या बढेपछि उनलाई दिल्लीस्थित गंगाराम अस्पतालमा सोनियालाई भर्ना गरिएको हो। उनलाई कोरोना संक्रमण देखिएपछि उनकी छोरी प्रियंका गान्धी पनि कोरोना संक्रमित भएकी छन्।

भारतीय कांग्रेसका महासचिव रन्दिप सिंह सुर्जेवालाले अहिले उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको र अहिले उनलाई चिकित्सकको निगरानीमा राखिएको जानकारी दिएका छन्। उनले सम्पूर्ण शुभचिन्तकहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन्। 

Desk
प्रकाशित मिति: जेष्ठ २९, २०७९
122 Shares
Footer ads